६ दिनअघि भारतको बैंगलरूबाट बझाङ आएका एक युवकले आत्महत्या गरेका छन्।
छविस पाथिभेरा गाउँपालिका वडा नम्बर- ७ बुडखोरी घर भएका ३० वर्षीय युवकले सोमबार पासो लगाएर आत्महत्या गरेका हुन्।
उनी वडा नम्बर ७ को मजखोरी मावि विद्यालयमा बनाएको क्वारेटिनमा बस्दै आएका थिए।
क्वारेटिनमा बसेको तीन दिन पूरा नहुँदै उनले कोठाभित्रै पासो लगाएको वडा अध्यक्ष पदम मण्डेलले बताए।
उनले भने, ‘मृतक युवक केही दिनदेखि पारिवारिक तनावमा थिए।’
बाटोमा कोरोनाको डरले श्रीमती र छोरालाई बैंगलरूमै छोडेर उनी नेपाल आएका थिए। सोही कारण तनावमा हुँदा आवेगमा आएर आत्महत्या गर्यो कि भन्ने आशंका रहेको वडाध्यक्ष मण्डेलको भनाइ छ।
इलाका प्रहरी कार्यालय विसौनाबाट घटनास्थलतर्फ प्रहरी गरिरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
उक्त क्वारेटिनमा उनीसहित ४ जना बस्दै आएका थिए।
१५ दिन पुगेपछि ४ जनामध्ये हिजो २ जनाको आरडिटी चेक गर्दा पोजिटिभ नतिजा आएको थियो। उनीहरूको पिसिआर परीक्षणको लागि धनगढी पठाउने तयारी भइरहेको छ।
मृतक युवकको भने समय नपुगेर परीक्षण गरिएको थिएन।