सुदूरपश्चिमममा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ५७ पुगेको छ।
काठमाडौं, धनगढी र चितवनका प्रयोगशालामा भएको परीक्षणमा शुक्रबार मात्रै सुदूरपश्चिममा २ सय १९ जना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कैलालीका ३८, कञ्चनपुरका ४३, डोटीका ७१, बझाङका ९, बाजुरा र बैतडीका २७/२७, दार्चुलाका ३ र अछामका थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।
हालसम्म प्रदेशको कैलाली जिल्लामा सबैभन्दा बढी ५ सय ५४ जना संक्रमित फेला परेका छन्।
कञ्चनपुरमा ३ सय ३, डडेल्धुरामा २ सय १८, डोटीमा २ सय ६२, बैतडीमा २ सय ४, अछाममा १ सय ७, बाजुरामा १ सय २८, बझाङमा ६५ र दार्चुलामा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सुुदूरपश्चिममा ५ संक्रमितको मृत्यु भएको र २ सय ४४ जना डिस्चार्ज भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।