बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्बर १० मा चट्याङ लागेर घाइते भएकालाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं लगिएको छ।
चट्याङ लागेर घाइते भएका ५५ वर्षका सौरे बोहरा र उनकी छोरी ८ वर्षीया जमना बोहरालाई कोल्टी स्वास्थ्य चौकीमा सामान्य उपचारपछि काठमाडौं लगिएको हो।
दिउँसो साढे २ बजे नेपाली सेनाको हेलिकप्टरबाट उनीहरुलाई कठमाडौं लगिएको बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले जानकारी दिए।
शनिबार नै उनीहरुलाई उद्धारको प्रयास गरिए पनि प्रतिकुल मौसमका कारण ल्याण्ड हुन नसकेपछि तीनपटक पुगेर हेलिकप्टर फर्केको थियो।
शुक्रबार राति परेको चट्याङ लागेर आठ वर्षका दिपेश बोहराको मृत्यु भएको थियो भने दुईजना घाइते भएका थिए । सौरेको टाउकोभन्दा तलको भाग जलेको र नचल्ने अवस्थामा रहेको छ भने जमनाको आँखामा चोट लागेको छ।