अछामको साँफेवगर नगरपालिका, वडा नम्वर ५ नवाठाना स्थित एक घरमा चितुवा पसेपछि स्थानीय त्रसित भएका छन्।
बिहीबार बिहान गाउँमा कुकुर लखेट्दै आएको सो चितुवा स्थानीय कैलाश कुँवरको घरभित्र चितुवा पसेको हो।
चितुवा घरभित्र पसेपछि कुँवरका परिवार झ्याल फुटाएर बाहिर निस्केका थिए।
चितुवा कुकुरसहित घरभित्र छिरेको वडा अध्यक्ष उजिर सिंह साउदले बताए।
सोही ठाउँमा तीन वर्ष पहिले चितुवाको आक्रमणबाट एक जना बालकको ज्यान गएको थियो।
चितुवाको उद्धारका लागि वन र प्रहरीको टोली पुगेको प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद पौडेलले बताए।
उनले विशेष टोली आउन दुई दिन लाग्ने भएपछि प्रहरी, वनरक्षक र स्थानीयको सहयोगमा चितुवाको उद्धार गर्नुपरेको बताए।
जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक योगन्द्र सिंह थापाले स्थानीय, वनको टोली र प्रहरीले चितुवाको उद्धारको काम सुरू गरिसकेको बताए।
*यसअघि प्रहरीले दिएको जानकारी अनुसार अन्यथा हुन गएकोमा सच्याइएको छ।-सम्पादक