काठमाडौंको सीतापाइलामा २२ वर्षीया युवतीमाथि तेजाब प्रहार भएको छ।
बिहीबार साँझ सीतापाइलामा ओखलढुङ्गाकी पवित्रा कार्कीमाथि तेजाब प्रहार भएको महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।
उनलाई अहिले कीर्तिपुर अस्पताल लगिएको पनि उनले बताए।
'अहिले उनलाई कीर्तिपुर अस्पताल लगिएको छ,' एसएसपी ज्ञवालीले सेतोपाटीसँग भने, 'म पनि उतै जाँदैछु। तेजाब उनको अनुहारमा परेको भन्ने खबर आएको छ।'
तेजाब प्रहार गर्ने व्यक्ति पक्राउ परेका छैनन्।
'कसले प्रहार गरेको हो भन्ने खुलिसकेको छैन,' उनले भने। प्रहरीले तेजाब प्रहार गर्ने व्यक्तिको खोजी थालेको छ।