बाजुराको बुढीगंगा नगरपालिकामा अज्ञात समूहले आगजनी गरिएको छ।
गएराति अज्ञात समूहले झ्यालबाट प्लाष्टिकमा आगो लगाएर भित्र फालेकाे र कार्यालयको लेखाशाखामा आगजनी भएकाे बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले जानकारी दिए।
उनले लेखा शाखाका कागजात र महत्वपुर्ण फाइल जलेर नष्ट भएको बताए। आगो लागेको केही समयपछि स्थानीयहरुले थाहा पाएकाले ठूलो क्षति हुनबाट बचेको गैरको भनाई छ।
आगजनी गर्ने समूहले मेयरलाई धम्की लेखेका ४ वटा पर्चा पनि संगै छोडेर गएको प्रमुख जिल्ला अधिकारी गैरेले बताए।
उनका अनुसार अहिले क्षतिको एकीन विवरण आएको छैन। आगो लगाउने अज्ञात समूहको प्रहरीले खोजी कार्य गरिरहेको छ।