ललितपुर जिल्लाको खोकनामा नेवार समुदायले द्यःपुखू जात्रा मनाएका छन्। गाई जात्राको भोलिपल्ट नेवार समुदायले यो सांस्कृतिक पर्व मनाउने गर्छन्।
खोकनास्थित द्योःपुखू पोखरीमा जिउँदो बाख्रालाई छाडेर सो बाख्रा समाउनका लागि युवाहरुबीच तछाडमछाड हुन्छ।
जुन समुदायका युवाले बाख्रा समाउँछ, सो बाख्रा उनीहरुकै हुन्छ। खोकनाको यो संस्कृति रुद्रायणी देवी मन्दिरको स्थापनादेखि चल्दै आएको छ।
खोकनाका नेवार समुदायले रुद्रायणी देवीको मेला प्रत्येक बाह्र वर्षमा एक पटक मनाउने गर्दछन्।
एक महिनासम्म मनाइने यो मेलामा रुद्रायणी देवीको मन्दिर राखिएको कोठामा बाह्र वर्ष पुगेका नेवार समुदायका बालिकालाई गुफा राख्ने प्रचलन पनि छ।
तस्बिरमा हेर्नुस्ः द्यःपुखू जात्रा