बुटवलको कोरोना विशेष अस्पतालमा मंगलबार राति मृत्यु भएका युवाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
कपिलबस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर १२ का २५ वर्षीय युवा मंगलबार दिउँसो मात्र प्रादेशिक अस्पताल बुटवलमा उपचारका लागि आएका थिए।
उपचारका लागि आएका उनलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिनासाथ कोरोना विशेष अस्पताल ल्याएर भेन्टिलेटरमा राखिएको थियो ।
उपचारको क्रममा मंगलबार राति मृत्यु भएको थियो।
उनमा मृगौलाको समस्या समेत रहेको कारण मृत्यु भएको कोरोना विशेष अस्पताल बुटवलका फोकल पर्सन डा सुदर्शन थापाले बताए।
मंगलबार राति कपिलवस्तु नगरपालिकाका ४२ वर्षीय पुरुषमा भने अस्पताल भर्ना हुँदा नै कोरोना पुष्टि भएको थियो।
तौलिहवामा व्यापार गर्दै आएका ती पुरुष साउन २५ गते आईसियुमा भर्ना भएका थिए।