कोरोनाभाइरस संक्रमण वृद्धि भएपछि कैलालीमा पनि निषेधाज्ञा जारी छ।
अत्यावश्यक कामबाहेक मानिसहरू घरबाहिर निस्कन पाएका छैनन्। भदौ २४ गतेसम्म धनगढीमा निषेधाज्ञा जारी रहने स्थानीय प्रशासनले जानकारी दिएको छ। उद्योग, व्यापारलगायत बन्द छ। औषधि पसल खुलेका छन्।
सडकमा फाट्टफुट्ट मानिसहरू हिँडेको देखिन्छ। अत्यावश्यक सामग्री बोकेका मालबहाक सवारी साधनहरू भने चलेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टका अनुसार भन्सारबाट चेकजाँच भईआएका मालबहाक सवारी साधन चल्न दिइएको छ।
हेर्नुस् फोटो: