करेन्ट लागेर सुनसरीको दुहबीमा एक जना महिलाको ज्यान गएको छ।
सुनसरी दुहबी-१२ बुगडरी मुस्लिम टोल बस्ने २७ वर्षीया गुलेसा खातुनको करेन्ट लागेर मृत्यु भएको हो।
मंगलबार दिउसो सवा १२ बजे आफ्नै घरमा लुगा सुकाउँदै गर्दा अचानक मिटरको तार सर्ट भई करेन्ट लागेको थियो।
'करेन्ट लागेर बेहोस भएकी खातुनलाई उपचारार्थ लैजादै गर्दा बाटोमै उनको मृत्यु भएको हो', जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता बिनोद शर्माले भने।