जिल्ला प्रशासन कार्यालय ललितपुरले महानगरपालिका रिङरोडभित्र शुक्रबार कर्फ्यू आदेश जारी गरेको छ।
शुक्रबार बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरिएको हो। अहिले ती क्षेत्र सुनसान छन् भने सुरक्षा जाँचमा कडाइ गरिएको छ। अत्यावश्यकबाहेक कसैलाई पनि बाहिर निस्कन दिइएको छैन।
कोरोना संक्रमणमा भीडभाड बढेको, धार्मिक सहिष्णुतामाथि आँच पुगेको र संक्रामक रोग बढ्ने खतरा बढेपछि जिप्रका ललितपुरले कर्फ्यूको घोषणा गरेको हो।
बिहीबार दिउँसो रातो मच्छिन्द्रनाथ रथ तान्न स्थानीयको भीड निस्केपछि झडप भएपछि साँझ सुरक्षा अधिकारीहरूको बैठक बसेको थियो। बैठकले सो निर्णय गरेको हो।
स्थानीय प्रशासन ऐन २०२८ अनुसार शान्ति सुरक्षा र अमनचयनमा बाधा पर्ने गरी गतिविधि देखिए कर्फ्यू लगाउन सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई छ।
‘कर्फ्यू बल्खु पुल, मनहरा पुलदेखि महानगरभित्रको चक्रपथ क्षेत्रमा कायम हुन्छ,’ प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भने, ‘ललितपुर जिल्ला पूरै भन्ने हैन।’
विशेष गरी रातो मच्छिन्द्रनाथको रथयात्रा गर्न स्थानीयहरू सयौंको संख्यामा निस्केपछि स्थिति काबुबाहिर जाने शंकाले प्रशासनले कर्फ्यू लगाएको हो।
कर्फ्यूको समयमा भेला, जम्मा, जुलुशलगायत गतिविधि हुन दिइँदैन। प्रेस, कूटनीतिक नियोग, सरकारी सवारीहरूलाई आवागमनमा बाधा पर्ने छैन।
कर्फ्यूकै बीच क्षमापूजा सम्पन्न गरेपछि भदौ २१ गते सोह्रखुट्टे पाटीसम्म रथ तान्ने र छ्वयलाबु विधि गरिनेछ। त्यसको भोलिपल्ट भदौ २२ गते भुज्या मनाइनेछ र साइत हेरिनेछ।
तस्बिरहरू:
यी पनि हेर्नुहोस्:
पाटनको जात्रामा 'जात्रै' भयो, काठमाडौंको जात्रा कसरी शान्तिपूर्वक रोकियो?
गुठी संस्थान र खलःपुचले निर्णय नगर्दासम्म रातो मच्छिन्द्रनाथको रथ नतानिने
रातो मच्छिन्द्रनाथको रथ तान्न किन उर्लियो भीड? किन भयो झडप?
पुल्चोकमा भिडले पिटेका प्रहरी जवान भन्छन्- हेल्मेट फुस्किएको भए मर्थेँ
पुल्चोक सडक प्रहरी नियन्त्रणमा, ललितपुर मेयरको सन्देश- ज्यापु समाजले रथयात्राबारे निर्णय गर्नेछ
भीड हटाउन पानीको फोहोरा, पुल्चोकमा ढुंगा हानाहान
रातो मच्छिन्द्रनाथको रथ तानेर बीच सडकमा ल्याइयो, निषेधाज्ञा तोडेर आए सयौं (तस्बिरहरू)
मलमास सुरू हुन लागेपछि निषेधाज्ञा तोडेर मच्छिन्द्रनाथ रथ तान्ने प्रयास