बाग्लुङको ढोरपाटन नगरपालिका वडा नं. ६, ७, ८ र ९ मा बुधबार राति गएको पहिरोले घरबारविहीन भएको परिवार संख्या ७५ पुगेको छ।
पहिरोले घर पूर्ण रूपमा क्षती पुर्याएकाले पीडितलाई स्थानान्तरण गर्नुपर्ने अवस्था आएको बाग्लुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए।
पहिरो पीडित नागरिकलाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’को टोली घटनास्थल पुगेर त्रिपाललगायत राहत सामग्री प्रदान गरेर फर्किएको उनले बताए।
ढोरपाटन नगरपालिकाले घरबारविहीन बनेकाप्रति परिवारलाई २ बोरा चामल, २ लिटर तेल, २ किलो नुन, दाललगायत खाद्यान्न सामग्री प्रदान गरेको नगरपालिकाका मेयर देवकुमार नेपालीले बताए।
यस्तै, बिहीबारदेखि नै नेपाल रेडक्रस सोसाइटीलगायत संघ/संस्थाले पनि पीडितलाई राहत दिएको छ।
बिहीबार साँझदेखि नै घटनास्थलमा रहेका बाग्लुङका सिडिओ न्यौपानलेले भने पहिरो पीडितलाई त्रिपाल दिएर कुनै अर्थ नभएको बताए।
‘यहाँ त्रिपाल टाँग्ने ठाउँ पनि छैन, पूरै बस्ती स्थानान्तरण गर्नुपर्छ,’ उनले भने, ‘खोलाले सबै बगायो, केही बाँकी छैन।’
पहिरोले घरबारविहीन बनेका नागरिक अहिले छिमेकी र आफन्तको शरणमा बसेको उनले बताए।
गृहमन्त्री बादलले पहिरो पीडितको स्थानान्तरणमा सरकारले सहयोग गर्ने आश्वासन दिएका छन्।
पहिरो पीडितलाई राहत बाँड्दै उनले राहत र पुनर्स्थापनामा सरकारले कुनै कसर बाँकी नराख्ने बताएको सिडिओ न्यौपानेले बताए।
पहिरो पीडितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेर घर बनाइदिने नगरपालिकाका मेयर नेपालीले बताए।
पहिरो बेपत्ता भएका नागरिकको खोजी अझै जारी छ। अहिलेसम्म १४ जनाको शव फेला परेको छ।
बेपत्ता भएका अधिकांशको पहिचान भए पनि शव फेला परेको छैन। फेला परेका शवमध्ये ४ जनाको भने पहिचान भएर आफन्तलाई जिम्मा लगाइसकेको छ।
शव फेला परेकामध्ये १० जनाको शवको पहिचान नै हुन सकेको छैन। बेपत्ता भएकाहरूको पहिचान भए पनि कसको शव भनेर पत्ता लगाउनै मुश्किल परेको सिडिओ न्यौपानेले बताए।
उनका अनुसार पहिरोमा परेर १५ दिनको शिशुदेखि ६५ वर्षका वृद्धासम्म बेपत्ता छन्। बेपत्ताको खोजीका क्रममा अंगभंग भएका शरीर फेला परेका छन्।
बेपत्ताका खोजीका क्रममा करिब ३२ वर्षका पुरूषको शरीरको कम्मरभन्दा माथिको भाग मात्र फेला परेका छन्।
बाग्लुङकै बडिगाड गाउँपालिकाका एक महिलाको बायाँ खुट्टा मात्र फेला परेको प्रहरीले जनाएको छ।
गुल्मीको मुसिकोट नगरपालिका २ वामी चित्रिङमा बडिगाड खोलाको बीच बगरमा करिब ३० वर्षीय महिलाको टाउको र दाहिने हात नभएको अवस्थामा फेला परेको छ।
पहिरोले लाकुरीबोट स्वास्थ्य चौकीको भवन, जनचेता प्रावि सुकुरदुङको ४ कोठे भवन, सरस्वती प्राविको २ कोठे भवन, भुजीखोला लघुजलविद्युत आयोजना लगायतमा सार्वजनिक सम्पत्ति पनि पूर्ण रूपमा क्षती भएको सिडिओ न्यौपानेले बताए।
प्रहरीका अनुसार बाग्लुङ पहिरोमा परेर बेपत्ता र मृत्यु भएकाहरूको नामावली, पहिचान नभएको शवका हुलिया र सनाखत भएका शव यस प्रकार छन्।
हाल सम्म बेपत्ता भएका मानिसहरुको नामावली
१) जिल्ला बागलुङ ढोरपाटन नगरपालिका-९ द्वाल वर्ष २३\२४ को नारायण बिक ।
२) सोहि स्थान बस्ने निजको श्रीमती वर्ष २०\२१ की टेकमाया बिक ।
३) निजहरुकै छोरी वर्ष १ की नाम नखुलेकी बालिका ।
४) सोहि स्थान बस्ने वर्ष १५\१६ की मनिषा बिक ।
५) घट्टेचौर बस्ने वर्ष २८ की शनि बिक ।
६) निजको छोरा वर्ष ९\१० को रोशन बिक ।
७) निजको छोरा वर्ष ४\५ को रवि बिक ।
८) नाम नखुलेको १५ दिनको शिशु १ ।
९) वर्ष २५\२६ की मन कुमारी बि.क. ।
१०) वर्ष २९\३० को प्रेम पुन ।
११) ढोरपाटन नगरपालिका भुसुन्डे बस्ने वर्ष २९\३० की कुमारी बिक ।
१२) सोहि स्थान बस्ने वर्ष १४\१५ को समुन्द्र बिक ।
१३) वर्ष १०\१२ की पुनम बिक ।
१४) वर्ष ३०\३१ को जीत बहादुर घर्ती ।
१५) वर्ष ४३\४४ को राजु घर्ती ।
१६) घट्टेबोट बस्ने वर्ष ३५\३६ कि करमती बुढा ।
१७) वर्ष ३५\३६ की रिना कुमारी घर्ती ।
१८) वर्ष २०\२२ की दिलमया पुन ।
१९) निजको छोरी वर्ष ३\४ की प्रकृति पुन ।
२०) वर्ष ६०\६१ की डोटी पुन ।
२१) सोहि स्थानको सानो कुगु भन्ने स्थानमा बस्ने वर्ष ३५\३६ को हेम बहादुर बिक ।
२२) श्रीमती वर्ष ३४\३५ कि उजेली बिक ।
२३) १० महिनाको शिशु नाम नखुलेको ।
२४) वर्ष ३७\३८ कि हस्तमाया बिक ।
२५) सोहि स्थान बस्ने दुनेपधेरा बस्ने वर्ष ६०\६५ की तुलमती घर्ती ।
२६) सोहि स्थानको लाकुरी बोट बस्ने वर्ष ५५\५६ की कौशिला पुन ।
२७) निजको छोरा वर्ष २०\२१ को विशाल पुन ।
२८) सोहि स्थानको पावरहाउस बस्ने वर्ष २५\२६ कि धनमाया बिक ।
२९) निजको छोरा वर्ष २\३ को नाम नखूलेको बालक ।
३०) सोहि स्थानको सुप्राङ बस्ने वर्ष नखुलेको बिरे बिक
३१) बिरे बिककको श्रीमती ।
३२ निज बिरे बिकको छोरा ।
३३) निज बिरे बिकको छोरी ।
३४) जिल्ला बागलुङ गलकोट नगरपालिका ४ घर भई ढोरपाटन घुम्न गएको बर्ष २४\२५ को नबिन भण्डारी ।
प्रहरीले हाल सम्म फेला पारे को शवहरु
१.जिल्ला बागलुङ ढोरपाटन नगरपालिका-३ भुजिखोला किनारमा अन्दाजी ३०/३२ वर्षको पुरुष ब्यक्तीको कम्मर भन्दा माथिको भाग मात्र ।
२.बडिगार्ड गाउँपालिका-५ बालुवा स्थितमा वर्ष अन्दाजी ४० को महिला
३.बडिगार्ड गाउँपालिका-५ बालुवा स्थितमा महिलाको बाया खुट्टा मात्र फेला परेको ।
४.बडिगार्ड गाउँपालिका-७ खोप्चेमा वर्ष अन्दाजी १२\१३ को बालक ।
५.ढोरपाटन नगरपालिका-२ चुरेलाबासमा वर्ष २०\२२ को महिला ।
६.ढोरपाटन नगरपालिका-५ पेङखोला स्थितमा वर्ष अन्दाजी १२/१५ की बालिका ।
७.ढोरपाटन नगरपालिका-१ बुर्तिबाङ स्थित बडिगार्ड खोलामा वर्ष अन्दाजी १२\१३को बालक
८.जिल्ला गुल्मी मुसिकोट नगरपालिका-२ वामी चित्रिङ स्थित बडिगार्ड खोलाको बिच बगरमा वर्ष अन्दाजी २५\३० को महिला (टाउको र दाहिने हात नभएको अवस्थामा फेला परेको ।
९) जिल्ला गुल्मी चन्द्रकोट गाउपालिका-८ तिनसिमलस्थित बडिगार्ड खोलाको किनारमा टाउको फुटेको ढुङ्गाले च्यापिएको अवस्थामा अन्दाजी २ वर्षको बालक ।
१०) जिल्ला गुल्मी मुसीकोट नगरपालिका-५ इन्देगौडा स्थित बडिगाड खोलाको किनारमा अन्दाजी ४०/४२ की महिला
सनाखत भएका शव:-
१.जिल्ला बागलुङ ढोरपाटन नगरपालिका०-९ द्वाल बस्ने वर्ष अन्दाजी २० \२२ को जिबन बिक ।
२.ढोरपाटन नगरपालिका-९ लाकुरीबोट बस्ने वर्ष अन्दाजी ४५\४६ को कर ब.बिक.।
३.ढोरपाटन नगरपलिका-९ भट्टेचौर बस्ने वर्ष २६ की केशमाया बिक ।
४.जिल्ला बागलुङ ढोरपाटन न.पा.९ सानो कुगु बस्ने बस्ने छोरा बर्ष ८\९ को दलु बिक ।