सैलुन तथा पार्लर सञ्चालन गर्न पाउनुपर्ने भदै नाई श्रमिक आन्दोलित बनेका छन्।
संयुक्त नाई श्रमिक संघर्ष समितिले ६ महिनादेखि व्यवसाय सञ्चालन गर्न नपाउँदा नाई श्रमिकहरूलाई खाना खान समेत मुश्किल परेको भन्दै ७ सूत्रीय माग राख्दै माइतीघरमा प्रदर्शन गरेको हो।
संघर्ष समितिले देशभरका सैलुन तथा पार्लर तत्काल खोल्ने घोषणा गर्नुपर्ने, नाई श्रमिकलाई राहतको व्यवस्था गर्नुपर्ने, लकडाउन अवधिभरको बैंकको ब्याज मिनाहा गर्नुपर्ने, लकडाउन अवधिभरको पसल भाडा र कोठा भाडा पूर्ण रूपमा मिनाहा गर्नुपर्ने, नाई श्रमिकलाई लकडाउन अवधिको मासिक २५ हजार रुपैयाँ व्यवस्था गर्नुपर्ने, नि:शुल्क पिपिई सेट दिनुपर्ने र सम्पूर्ण नाई श्रमिकको कम्तिमा ५० लाखको बीमा गर्नुपर्ने माग अघि सारेको छ।
गत असार १३ गते मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाएर असार ३० र साउन १३ गते औजार र प्ले कार्डसहित आन्दोलन गर्दा पनि माग सुनुवाइ नभएकाले फेरि आन्दोलन गर्नुपरेको समितिले जनाएको छ।
तस्बिरहरू :
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)