झण्डै ७ महिना थन्किएका आन्तरिक जहाज आजदेखि सञ्चालनमा आएका छन्।
कोरोनाविरूद्ध सुरक्षा व्यवस्था मिलाएर कम्पनीहरूले उडान थालेका छन्।
जहाजको प्रतीक्षामा बस्ने यात्रुलाई भौतिक दूरी कायम राख्न एउटा कुर्सी छाडेर अर्को कुर्सीमा बस्नेगरी व्यवस्था मिलाइएको छ।
टिकट चेकिङपछि विमानस्थल पार्कमा झर्नुअघि यात्रुले ज्वरो जाँच्ने तथा सेनिटाइजर प्रयोग गर्नुपर्नेछ।
त्यस्तै, मास्क नलगाएकालाई मास्क र फेस सिल्डको समेत कम्पनीहरूले नै व्यवस्था गरेका छन्।
लगेजको चेकिङका क्रममा भौतिक दूरी कायम होस् भन्नका लागि भुइँमा चारपाटे रेखांकन गरिएको छ।
जहाजमा भने सम्पूर्ण सिटमा यात्रु बस्न सक्नेछन्।
तस्बिरहरू: