सर्वत्र विरोधपछि अनसनरत डाक्टर गोविन्द केसीलाई राष्ट्रिय ट्रमा सेन्टरबाट त्रिवि शिक्षण अस्पताल महाराजगन्ज सारिएको छ।
डाक्टर केसीका सहयोगी प्रितम सुवेदीका अनुसार केसीलाई ट्रमा सेन्टरबाट डिस्चार्ज गरेर साँझ साढे ६ बजेपछि टिचिङ अस्पताल पुर्याइएको हो।
यसअघि त्रिभुवन विमानस्थलबाट डाक्टर केसीलाई सोझै टिचिङ अस्पतालमा ल्याउने भनिए पनि बीचमा प्रहरी परिचालन गरी उनलाई ट्रमा सेन्टरमा लगिएको थियो।
डाक्टर केसीले टिचिङमा लैजानु पर्ने अडान राखेपछि उनलाई प्रहरीले एम्बुलेन्सबाट जबरजस्ती निकालेका थिए। प्रहरीको उक्त कदमको तीव्र निन्दा भएको थियो।