डडेल्धुरामा उपचाररत् एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।
श्वासप्रश्वासमा समस्या आएपछि डडेल्धुरा अस्पतालमा उपचारका लागि आएका नवदुर्गा गाउँपालिकाका ४८ वर्षीय पुरुषको बुधबार बेलुका मृत्यु भएको हो।
उनी दुई दिनअघि भारतबाट आएका थिए ।
श्वासप्रश्वासमा समस्या भएपछि बुधबार बेलुका अस्पतालमा भर्ना भएका थिए।
अस्पतालका सूचना अधिकारी टंकप्रसाद पन्तले अस्पताल आइपुउदा उनको मुटुको चाल सुस्त भइसकेको र बेहोस जस्तै अवस्थामा रहेको बताए ।
मृतकको शव अहिले अस्पतालमै राखिएको र व्यवस्थापनका लागि जिल्ला प्रशासनले नेपाली सेनासँग समन्वय गरिरहेको बताए ।
योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित मृतकको संख्या १३ पुगेको छ।