केही दिनयता केशरमहलमा दैनिकजसो भीड देखिन्छ।
यो भीड ‘नो अब्जेक्सन लेटर’ लिनेहरूको हो। सरकारले एनओसी लिनको लागि अनलाइनबाटै सेवा लिन सकिने बताए पनि त्यहाँबाट पार नलागेपछि दिनहुँ ११, १२ का विद्यार्थीहरू लाइन लागेका छन्।
उपत्यकासहित देशभरि कोरोना संक्रमणको जोखिम बढ्दो छ। सरकारले आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरिरहेको छ। तर महल परिसरको दृश्यले भने गिज्याइरहेको भान हुन्छ।
महल परिसरमा सेवा लिन आउनेहरूले मास्क लगाउनेबाहेक अन्य स्वास्थ्य सुरक्षाका उपाय अपनाएको देखिँदैन। यसले गर्दा झन् जोखिम बढ्ने संकेत गरेको छ।
सरकारले गत भदौ १० गते ‘नो अब्जेक्सन लेटर’ खुलाउने निर्णय गरेसँगै महल परिसरमा सो संख्यामा भीड दिनहुँ देखिँदै आइरहेको हो।
तस्बिरहरू :