काठमाडौंको माइतीघर मण्डलामा महिला हिंसा तथा बलात्कारविरूद्ध प्रदर्शन गरिएको छ।
शनिबार ‘अझै कति सहने?’ फेसबुक पेजमा आवद्ध भएका अभियन्ताहरूले स्वत:स्फूर्त रूपमा प्रदर्शन गरेका हुन्।
उनीहरूले कालो पोशाक र आँखामा पट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले बलात्कारविरूद्ध गीत पनि गाएका थिए। सबैले ‘नो मिन्स नो’ लेखेका प्लेकार्ड बोकेका थिए।
बलात्कारीहरूलाई मृत्युदण्ड नदिई कडा भन्दा कडा सजाय दिनुपर्ने उनीहरूको माग छ।
तस्बिरहरू: