ललितपुरको खोकनाका स्थानीय बासिन्दाले ‘सिकाली जात्रा’ मनाएका छन्।
दसैंको घटस्थापनाको पर्सिपल्ट (आश्विन शुक्ल तृतीय तिथि)को दिनदेखि सुरू हुने यो पर्वमा रुद्रायणी स्कुलअघि राँगाको बली दिएर जात्रा प्रारम्भ गर्ने गरिन्छ ।
यस पर्वमा हिन्दू धर्मका विभिन्न १४ देवीदेवताको पूजाआजाका साथै परम्परागत नाच तथा संगीत प्रदर्शन गरिन्छ।
दसैंको अवधिभर मनाइने यो जात्रामा आफन्त तथा साथीभाइलाई बोलाएर खुवाउने, नाचगान तथा जात्रा देखाउने हुन्छ।
तस्बिरहरू :