चेक बाउन्सको मुद्दामा सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापा पक्राउ परेका छन्।
उनलाई महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले पक्राउ गरेको हो।
उनी बुधबार कालिमाटीबाट पक्राउ परेको प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए।
उनीविरूद्ध एक महिना अगाडि झविन्द्रप्रसाद बञ्जाडेले उजुरी दिएका थिए।
'सञ्चालकलाई एक करोडको चेक बाउन्स गरेको हुँदा पक्राउ गरेको हो,'उनले भने,'व्यापारिक लेनदेनको विषयमा रहेछ।'