बिबिसीका १०० प्रेरणादायी र शक्तिशाली महिलाको सूचीमा यस वर्ष नेपालबाट सपना रोका मगरजस्तै बर्माबाट नेपालीभाषी २४ वर्षीया नन्दु ज्ञवाली परेकी छन्।
बर्मेली महिला जागरणमा गरिरहेका कामका कारण नन्दु उक्त सूचीमा परेकी हुन्।
गोर्खाली बर्मेली परिवारमा जन्मिएकी नन्दुको बर्मेली नाम नन्दार हो। नेपाल, हेटौंडामा नन्दुका हजुरआमा र अरू आफन्तहरू छन्।
उनी पोहोर नेपाल गएर आफन्तहरूलाई भेटेर पनि आइन्। उनले त्यो बेला मार्टिन चौतारी र अरू विभिन्न संस्थामा बर्मेली महिला र बर्मामा रहेका नेपालीभाषी महिलाका बारेमा आफ्नो धारणा व्यक्त गरेकी थिइन्।
नन्दु हिजोआज आफूले स्थापना गरेको 'पर्पल फेमिनिस्ट ग्रुप' नामक संस्थामार्फत् बर्मामा महिला आवाज उठाइरहेकी छन्। उनले नारीवादसँग सम्बन्धित केही पुस्तक बर्मेली भाषामै लेखेकी र अनुवाद पनि गरेकी छन्।
उनका बारेमा सेतोपाटीको पुरानो लेख: नन्दु ज्ञवाली- बर्माकै एक चर्चित महिलावादी
बिबिसी १०० महिला सूचीमा परेपछि नन्दुसँग बर्मामा दीपक भट्टराईले गरेको यो भिडिओ कुराकानीः