झापाबाट बस चढेर विराटनगर पुगेका एक पुरूष मृत फेला परेका छन्।
आइतबार बिहान कमल गाउँपालिका-४ केरखाबाट २५ वर्षीय राजकुमार थापाले जनसेवा यातायातको मे १ ख ३३३३ नम्बरको बसमा चढेका थिए।
थापा विराटनगर बसपार्क पुग्दा मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले बताए।
'बिहान साढे ९ बजे बसपार्कमा सबै यात्रु झरे पनि थापा नझरेपछि बसका स्टाफले उनलाई बोलाउदा बोलेनछन्, हेर्दा मृत्यु भइसकेको रहेछ,' डिएसपी राईले भने।
उनीबाट प्रहरीले केही कागजातहरू पनि फेला पारेको छ। उनी नेशनल किड्नी सेन्टरमा उपचारका लागि जाँदै गरेको देखिएको डिएसपी राईले बताए।
'प्रारम्भिक अनुसन्धानबाट उहाँ किड्नीका बिरामी भन्ने बुझिन्छ,' उनले भने
मुचुल्का गरी उनको शव पोष्टमार्टमको लागि कोशी अस्पतालमा लगिएको छ।