सप्तरीमा सुमो गाडी र ट्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
आइतबार बिहान साढे ३ बजे खड्क नगरपालिका गिरधारी राइस मिलस्थित पूर्वलोकमार्गमा दुर्घटना भएको थियो।
पूर्व जाँदै गरेको स १ त २५१२ नम्बरको ट्याक्टरलाई विपरीत दिशाबाट आएको मे १ ज २४५२ नम्बरको सुमोले ठक्कर दिएको हो।
दुर्घटनामा सुमो गाडीमा सवार झपा शिवसतासी नगरपालिका-११ डुरामणीका २५ वर्षीय रुपेश लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
डिएसपी भुवनेश्वरप्रसाद साहका अनुसार उनलाई गजेन्द्र नारायण सिंह अस्पताल, राजविराजमा लगिएको थियो। गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको थियो।
सुमो गाडीका चालक पाँचथर फिदिम नगरपालिका-३ का ३४ वर्षीय टेकबहादुर दर्जी घाइते छन्। उनको उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज पठाइएको छ।
त्यस्तै, सुमोमा सवार झापा गौराद नगरपालिका-४ का ३६ वर्षीय जितबहादुर श्रेष्ठको दाहिने हात भाँचिएको डिएसपी साहले बताए।