सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
बिहीबार बिहान साढे ७ बजे हनुमाननगर कंकालिनी नगरपालिका-१ कोसी ब्यारेज नहरको बाटोमा बिग्रिएर रोकिराखेको रोलरमा मोटरसाइकल ठोक्किएको हो।
पूर्वबाट पश्चिम जाँदै गरेको स ३ प ३०४७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रोलरमा ठोक्किएको हो।
दुर्घटनापछि तिलाठी कोइलाडी गाउँपालिका-३ सखरपुराका ३० वर्षीय शिवकुमार मुखिया, २० वर्षीय रामकुमार मुखिया र २५ वर्षीय राम अवतार खंङ घाइते भएका थिए।
घाइते भएपछि उपचारको लागि उनीहरूलाई विराटनगर गोल्डेन अस्पतालमा लगिएको थियो।
उपचारको क्रममा चालक शिवकुमार मुखियाको साढे ८ बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक (डिएसपी) भुवनेश्वरप्रसाद साहले बताए।
डिएसपी साहका अनुसार सो मोटरसाइकलमा तीन जना सवार थिए। उनको शव पोष्टमार्टमको लागि कोसी अस्पताल विराटनगरमा राखिएको छ।