सत्तारूढ केपी ओली नेतृत्वको नेकपाले शुक्रबार राजधानीमा आयोजना गरेको जनसभामा सहभागीलाई घर पुग्न हतारो देखिएको छ। काठमाडौं उपत्यकाबाहिरका विभिन्न जिल्लाबाट प्रधानमन्त्रीको भाषण सुन्न आउनेलाई घर पुग्न हतार भइसकेको थियो।
उनीहरू घर जाने गाडी खोज्दै भौतारिरहेका थिए। कोही पुरानो बसपार्कमा अलमलमा परेका थिए भने कोही हिड्दै अगाडि बढिरहेका थिए।
हेर्नुहोस् तस्बिरमा