अध्यागमन विभागले एक्लै विदेश भ्रमणमा जाने महिलाहरूको लागि कार्यविधि संशोधन प्रस्ताव गरेकोविरूद्ध प्रदर्शन भएको छ।
बिहीबार अध्यागमन विभागअघि प्रदर्शनकारीले विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्। उनीहरूले
यसअघि विभागले अध्यागमन कार्यविधि २०६५ को भिजिट भिसासम्बन्धी व्यवस्थालाई संशोधन गर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको थियो।
नयाँ कार्यविधिअनुसार ४० वर्षमुनिका महिलाहरू एक्लै विदेश जाँदा अब वडा कार्यालयको र पारिवारिक सहमति अनिवार्य चाहिने भएको छ।
मानव तस्करी बढेको, शोषणमा परेको, समस्यामा भए उद्धार गर्न नसकिएको, औषधी उपचार नपाएर बिजोग भएको अवस्थालाई मध्यनजर गर्दै कार्यविधि संशोधन प्रस्ताव गरिएको विभागले जनाएको छ।
उक्त प्रस्तावको चौतर्फी आलोचना भएपछि विभागले प्रष्टीकरण दिएको छ।
अध्यागमन विभागले खाडी र अफ्रिकी मुलुकजस्ता जोखिम सम्भाव्य मुलुकमा पहिलोपटक एक्लै यात्रा गर्ने र आफ्नो यात्राबारे सामान्य जानकारीसमेत नभएका महिलाहरूका लागि आवश्यक पर्न सक्ने गरी परिवार तथा वडाको स्वीकृति लिनुपर्ने सुझाव आएको र यसबारे कुनै पनि निर्णय नभएको प्रष्टाएको हो।
तस्बिरहरू: