काठमाडौंको माइतीघर मण्डलामा विकासका नाममा जारी प्रतिगमनविरूद्ध प्रदर्शन गरिएको छ।
बृहत् नागरिक आन्दोलन,उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति, नेवा: देय् दबूको संयोजनमा विभिन्न खल:पुच:मोर्चा/अभियानले विरोध प्रदर्शन गरेका हुन्।
उनीहरूले सुकुम्बासीलाई आदिवासी बनाउन पाइँदैन,कानुनी राज्यको प्रत्याभूत गर, सर्वोच्च आदेशको पालना गर, बालाजु बाइपासमा उठिबास गरिएका स्वबासीहरूलाई सोही स्थानमा पुनर्स्थापना गर लगायत नारासहितको प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्।
यसअघि गत बुधबार बिहान काठमाडौं महानगरपालिकाले बाइपास सडक क्षेत्रमा सूचना केन्द्र स्थापना गर्न बाँस र जस्ताका बार लगाएको थियो। त्यसपछि पीडित परिवार तथा सडक विस्तार पीडित संघर्ष समितिको टोलीले विरोध जनाउँदै सो बार भत्काएको थियो।
विरोध तथा सर्वोच्चको आदेशविपरीत स्थानीयकै जग्गामा सूचना केन्द्र बनाउन लागेको भन्दै त्यहाँका ३९ घर परिवारले विरोध गर्दै आएका छन्।
तस्बिरहरू: