कमलपोखरीमा नागरिक अभियन्तामाथि प्रहरीले धरपकड गरेको छ।
नागरिक अभियन्ताले सिमेन्ट कमलपोखरी चाहिँदैन भन्दै ढलान भत्काउन खोजेपछि प्रहरीले रोक्न खोजेको थियो। त्यहीबीच एक जना अभियन्ताले कंक्रिट भत्काउने क्रममा प्रहरीले उनीसँग भएको घनसमेत खोसेको थियो।
त्यसपछि उनीहरू विद्या सुन्दर शाक्य मुर्दावाद, प्रहरी दमन मुर्दावाद, कमलपोखरी मास्न पाइँदैन भन्दै नाराबाजी समेत गरेका थिए।
यसअघि उनीहरूले सांस्कृतिक सम्पदा मास्न पाइँदैन भन्दै माइतीघरदेखि कमलपोखरीसम्म मार्चपास गरेका थिए।
उनीहरूले पर्सि ११ बजे महानगरपालिका कार्यालय घेराउ गर्ने भएका छन्।
तस्बिरहरू: