प्रदेश नम्बर १ का सांसदहरू खुवालुङ क्षेत्रको अवलोकनका लागि पुगेका छन्।
किराँत समुदायको आस्थाको केन्द्र मानिने खुवालुङ (पानीढुंगो) संरक्षण अभियानमा साथ दिन सांसदहरू सोमबार त्यसक्षेत्र पुगेका हुन्।
खुवालुङको संरक्षण गर्न सांसदहरू अग्रसर भएका छन्।
प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका सांसदहरूले खुवालुङ फुटाउने सरकारी योजना किराँत संस्कृतिमाथिको धावा हुने बताइरहेका छन्।
सांसदहरूले खुवालुङ क्षेत्रको अवलोकन गर्ने, स्थानीयबासी, आन्दोलनरत समुदाय लगायतसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।
हेर्नुस् तस्बिरहरू: