काठमाडौंबाट चितुवाको छालासहित चार जना पक्राउ परेका छन्।
महानगरीय अपराध महाशाखाको टोलीले चार जनालाई आइतबार चितुवाको छालासहित पक्राउ गरेको हो। उनीहरूलाई प्रहरीले काठमाडौं महानगरपालिका-२६ मित्रनगर ऐश्वर्यमार्गबाट पक्राउ गरेको महाशाखाले जनाएको छ।
सो क्षेत्रमा कारोबार हुनलागेको भन्ने पूर्व सूचना अनुसार खटिएको टोलीले प्रभु चरण पाहुना घरको २०४ नम्बर कोठाबाट चारजनालाई छालासहित पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सोलुखुम्बु मापेदुधकोशी गाउँपालिका-८का ३३ वर्षीय भिमबहादुर कामी, वडा-३का ३२ वर्षीय एकप्रसाद राई, तनहुँ रिसिङ गाउँपालिका-७ का ३३ वर्षीय गोपाल थापामगर र उदयपुर कटारी नगरपालिका-६का २८ वर्षीय निशान्तकुमार रहपाल छन्।
उनीहरूबाट प्रहरीले ६ फिट २ इन्च लम्बाइ र २२ इन्च चौडाइ भएको चितुवाको छाला फेला पारेको हव।
उनीहरूमाथि थप अनुसन्धान गर्न डिभिजन वन कार्यालय, हात्तिसारमा पठाएको छ।