७० तोला सुन चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
महानगरीय अपराध महाशाखाले सेफसहित ७ लाख रुपैयाँ चोरेको आरोपमा एक जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा म्याग्दी मालिका गाउँपालिका-२ घर भई काठमाडौंको बालाजु बस्ने २८ वर्षीय दिलबहादुर पुन छन्।
उनीमाथि गत फागुन १८ गते नवलपरासी गैंडाकोट नगरपालिका-५ कांग्रेस चोकस्थित मोनिका सुनचाँदी पसलबाट ७० तोला बराबरका गरगहना र ७ लाख नगद चोरी गरेको आरोप छ।
सोही आरोपमा प्रहरीले पुनलाई गत बिहीबार पक्राउ गरेको महाशाखाले जनाएको छ।
थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासी पठाइएको छ।