नेपालबाट चोरी गरी अमेरिका पुर्याएको लक्ष्मी नारायणको मूर्ति पाटन म्युजियममा ल्याइएको छ।
नेपालस्थित अमेरिकी मिसन, अमेरिकी र नेपाली विभिन्न निकायहरू, डल्लस म्युजियमको संयुक्त प्रयास तथा युनाइटेड पार्सल सर्भिसको यातायात सहयोगमा बिहीबार ल्याइएको मूर्ति आज म्युजियममा राखिएको हो।
अब साइत हेरेर उक्त मूर्ति स्थापना गर्ने बताइएको छ।
१२ औं र १५ औं शताब्दीबिचको उक्त मूर्ति सन् १९८४ मा हराउनुअघि पाटनमा थियो । नर र नारीको संयुक्त स्वरूप धारण गरेका देवताको उक्त दुर्लभ मूर्तिको दायाँ भागले नारायण र बायाँ भागले लक्ष्मीको प्रतिनिधित्व गरेको छ।
हराएको ६ वर्षपछि लिलाम बिक्री भएको उक्त मूर्तिपछि डल्लास म्युजियम अफ आर्टलाई अस्थायी रूपमा उपलब्ध गराइएको थियो।
तस्बिरहरू :