कोरोना संक्रमणको दोस्रो लहर फैलन थालेपछि सरकारले तीन महिनाभित्र ३ देखि ६ लाख संक्रमित पुग्ने आकलन गरेको छ। पहिलो लहरको कोरोना संक्रमण व्यवस्थापन गर्न नसकेकोमा सरकारले आलोचना मात्र खेपेन 'इनफ इज इनफ' खेपेको थियो।
क्वारेन्टिन व्यवस्थापनदेखि स्वास्थ्य सामग्री व्यवस्थापन र लकडाउनका बेला दैनिक ज्याला मजदूरी गर्नेलाई राहत व्यवस्थापनमा चुकेको आरोप लाग्यो। दोस्रो लहरको कोरोना फैलन सुरू भएपछि सरकारको तयारी कस्तो छ?
कतिपय अस्पतालका अक्सिजनका प्लान्ट बिग्रेको रिपोर्ट आइरहेका छन्।
सरकारले यथेष्ट मात्रामा आइसियू बेडहरूको व्यवस्थापन गर्न सकिरहेको छैन।
यस्तो अवस्थामा सरकारले फैलँदो कोरोना संक्रमणको 'चेन ब्रेक' गर्न के गर्दैछ? सेतोपाटीले स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमसँग प्रश्न गरेको छ -