उच्च अदालत पाटनले बलात्कार अभियोग लागेका पत्रकार केदार कोइरालालाई दोषी ठहर गरेको छ।
आइतबार न्यायाधीश अच्युत विष्ट र नवराज थपलियाको इजजलासले कोइरालालाई दोषी ठहर गरेको हो।
उनलाई कति सजाय गर्ने भन्ने निर्णय भने अर्को पेशीमा गरिने उच्च सरकारी वकिल कार्यालयका प्रमुख सूर्य दाहालले जानकारी दिए।
जिल्ला अदालत काठमाडौंले कोइरालालाई सफाइ दिएको थियो। त्यसविरूद्ध सरकारी वकिल कार्यालयले उच्च अदालत पाटनमा पुनरावेदन दिएको थियो।
सफाइ दिए पनि कोइरालाले पीडितलाई १० लाख क्षतिपूर्ति भराउने आदेश जिल्ला अदालतले दिएको थियो।
‘जिल्लाको फैसला बदर गर्दै कोइरालालाई उच्च अदालतले दोषी ठहर गरेको छ। सजाय निर्धारण अर्को पेशीमा हुन्छ,’ दाहालले भने।
मुलुकी फौजदारी संहिताले दोषी ठहर र सजाय निर्धारण छुट्टाछट्टै पेशीमा गर्ने व्यवस्था गरेको छ।
के थियो मुद्दा, तलको लिंकमा हेर्नुहोस्
बलात्कार मुद्दामा पीडितलाई १० लाख क्षतिपूर्ति दिलाएर अभियुक्तलाई सफाइ