हामीले प्रयोग गर्ने सर्जिकल मास्क कोरोना भाइरस रोक्न ९५ प्रतिशत प्रभावकारी मानिन्छ।
तर, मास्कको दायाँ र बायाँ भाग खुल्ला हुँदा यसको प्रभावकारिता केवल ५६ प्रतिशत हुन्छ।
हामीले प्रयोग गरिरहेको मास्कमा दायाँ र बायाँ गाँठो पार्ने हो भने मास्कको प्रभावकारिता बढी हुन्छ। एन–९५ मास्कजस्तै नाकमुखमा चपक्क अडिन्छ।
मास्क कसरी प्रभावकारी ढंगले प्रयोग गर्ने भन्ने विषयमा सेतोपाटीले अस्ट्रेलियाकी डाक्टर रुबेह्ले निर्माण गरेको भिडिओबाट प्रभावित भएर नेपाली दर्शकहरूका लागि यो भिडिओ तयार पारेको हो।
हेर्नुहोस् -