सरकारले सशस्त्र प्रहरीका दुई जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) को पदावली थप गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को बैठकले दुई जना एआइजीको पदावली थप गर्ने निर्णय गरेको सरकार प्रवक्ता तथा सञ्चार, सूचना प्रविधि मन्त्री पार्वत गुरूङले बताए।
एआइजी पुष्पराम केसी र रामशरण पौडेलको सेवा अवधि ३० वर्ष ननाघ्ने गरी पदावली थप गर्ने निर्णय गरेको हो।
२०७८ वैशाख २१ गतेदेखि २०७९ वैशाख १८ गते सम्मको लागि पदावली थप गर्ने निर्णय गरेको प्रवक्ता गुरूङले जानकारी दिए।