मोरङको रतुवामाई नगरपालिका-४, भद्र चोकस्थित मकै बारीमा एक महिलाको शव फेला परेको छ।
अन्दाजी २०-३० वर्षको देखिने महिलाको शव मकैबारीभित्र भेटिएको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ।
अर्धनग्न अवस्थामा शव भेटिएपछि बलात्कार गरी हत्या गरिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।
रामप्रसाद भण्डारीको मकैबारीमा आइतबार बिहान ९ बजे उक्त शव फेला परेको हो। घाँस काट्न गएकाे बेलामा महिलाको लास देखेपछि स्थानीयले प्रहरीले खवर गरेका थिए।
घटना शङ्कास्पद भएकाले अनुसन्धानका लागि प्राविधिक टोलीले तालिमप्राप्त कुकुर पनि परिचालन गरेर अनुसन्धान गरिरहेको छ।