रूपन्देहीमा जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्बिएको छ। जिल्ला प्रशासन कार्यालय रूपन्देहीले आउँदो जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञा बढाएको छ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बिहीबारको बैठकले कोरोनाको प्रभाव बढ्दो अवस्थामा रहेको जनाउँदै निषेधाज्ञाको अवधि बढाउन सिफारिस गरेको थियो। सोही आधारमा निषेधाज्ञाको अवधि १० दिन थप गरिएको प्रमुख जिल्ला अधिकारी असमान तामाङले जानकारी दिए।
निषेधाज्ञा अवधिभर, शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दूध, विद्युत्, दमकल, सञ्चार, भन्सार, फोहरमैला, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि, इन्धन र अत्यावश्यक वस्तु बोकेका सामान बाहेकका साधन सञ्चालन गर्न नदिइने तामाङले बताए।
साथै महामारीको मौका छोपी अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गर्नेलाई पनि कारबाही गरिने तामाङले बताए।