काठमाडौं उपत्यकामा मंगलबारदेखि सार्वजनिक यातायात सञ्चालनमा आएको छ। सोमबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकको निर्णयअनुसार आजबाट बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म जोर-बिजोर प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको हो। बैठकको अनुसार २५ भन्दा बढी सिट क्षमता भएका सार्वजनिक यातायातका साधन सञ्चालन भएका हुन्।
सार्वजनिक यात्रुवाहक सवारी साधन सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गर्दै भौतिक दूरी कायम हुने गरी कुल स्वीकृत सीट क्षमता भन्दा बढी संख्यामा यात्रु नराख्ने गरी बस्ने व्यवस्था मिलाउनुपर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।
लामो समयपछि सञ्चालनमा आएका ठूला बसहरूले बिहानै सरसफाइ गरेर बसलाई आ-आफ्नो रूटमा चलाएका हुन्।
कोरोना संक्रमण बढेपछि काठमाडौं उपत्यकाभित्र वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी रहेको छ ।
हेर्नुहोस् तस्बिरहरू