बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा जारी आन्दोलनबारे ऐक्यवद्धता जनाउँदै वृहत नागरिक समाजले काठमाडौंमा गर्दै आएको प्रदर्शनलाई निरन्तरता दिएको छ।
बिपीमा जारी भ्रष्टाचार, अनियमितताबारे त्यहाँका डाक्टरहरू तीन सातादेखि आन्दोलनरत् छन्। उनीहरूले शीर्ष चार पदाधिकारीको बर्खास्ती माग गरेका छन्।
नागरिक अगुवाहरूले माइतीघरमा निस्केर बिपीको आन्दोलनमा ऐक्यवद्धता जनाएका हुन्।
बिपीको आन्दोलनको समर्थनमा माइतीघरमा नारा लखिएको थियो- फुटबलमा झेली गरे रेड कार्ड, राजनीतिमा नियुक्ति!, कर तिर्ने नागरिक अनि कमिसन खाने भिसी र अन्य पदाधिकारी?, हाम्रो प्रतिष्ठान हामी जोगाउँछौं, स्पष्ट हुनुहोस् भन्दा स्पष्टिकरण काट्न पाइँदैनलगायतका नारासहितका प्ले कार्ड प्रदर्शन गरिएको थियो।
हेर्नुहोस् तस्बिरहरूः