अमेरिकाले अनुदानमा दिएको जोन्सन एण्ड जोन्सनको कोभिड भ्याक्सिन (जानसेन कोभिड-१९ भ्याक्सिन) लगाउन सुरू गरिएको छ।
नेपालमा पहिलो पटक प्रयोग भएको खोप अभियानलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर शुभारम्भ गरे।
अमेरिकाले नेपाललाई उपहार स्वरूप उपलब्ध गराएको जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार ८ सय ५० डोज खोप आजदेखि काठमाडौं उपत्यकाका विभिन्न खोप केन्द्रहरूबाट ६ गतेसम्म लगाईंदैछ।
कोभ्याक्समार्फत् उपलब्ध गराएको यो खोपको एउटा डोज मात्रै लगाए पुग्छ। ५० देखि ५४ वर्ष उमेर समूहलाई लगाइने यो खोप सो उमेर समूह बाहेक शारीरिक अशक्तताको क र ख वर्गको परिचय पत्र पाएका, सरसफाइकर्मी, खोप नपाएका स्वास्थ्यकर्मी र नेपालमा बसिरहेका शरणार्थीलाई लगाइनेछ।
हेर्नुहोस् जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा लगाएका खोपका तस्बिरहरू: