चाडवाड नजिकिँदै गर्दा चोरी तथा लुटपाटका घटनाहरू बढिरहेका छन्।
गत सोमबारमात्र प्रहरीले काठमाडौंको विभिन्न ठाउँबाट चोरीमा संलग्न २०७ जनालाई पक्राउ गर्यो।
चाडवाडका बेला घरमा मानिसहरू नभएको मौकामा वा बढी भिडभाड हुने क्षेत्रहरूमा चोरीका गतिविधि बढी हुने गरेको प्रहरीको भनाइ छ।
चोरी र लुटपाटमा संलग्नहरूले विभिन्न कोड भाषाको समेत प्रयोग गर्ने गरेको पाइएको छ।
महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले चोरीमा संलग्नहरूले प्रहरीलाई 'ठूल्दाइ', केटालाई 'छापा', केटीलाई 'भद्री', जस्ता कोड भाषा प्रयोग गर्ने गरेको जनाए।
हरेक वर्ष प्रहरीले चाडवाड लक्षित सुरक्षा योजना कार्यान्वयन गर्दा पनि चोरीका घटना हुने गरेको छ।
यसपालि पनि यस्ता घटनाहरू मौलाएका छन्। यो अवस्थामा सर्वसाधारण पनि केही चनाखो भए चोरीका घटनामा कमी आउने देखिन्छ।
हेर्नुस् चाडवाडमा हुने चोरीबाट बच्न कस्ता कुरा ख्याल गर्ने भन्नेबारे महानगरीय प्रहरी परिसर प्रमुख सिंहसँग कुराकानी गरेर तयार पारिएको यो भिडिओः