यसवर्ष पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई विजय दशमीका दिन टीका नलगाइदिने भएका छन्।
शुक्रबार शाहको सचिवालयले एक विज्ञप्ति जारी गर्दै उनले सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम नहुने जानकारी दिएको हो।
कोरोनाको असहजताको कारणले सो कार्यक्रम नगर्ने बताइएको छ।
साथै महाअष्टमीका दिन पनि शक्ति पीठहरूको दर्शन गर्ने कार्यक्रम पनि नहुने विज्ञप्तिमा उल्लेख छ।