ललितपुरको खोकनामा सिकाली जात्रा मनाइएको छ।
दसैंको घटस्थापनाको पर्सिपल्ट (आश्विन शुक्ल तृतीय तिथि)को दिनदेखि सुरू हुने यो जात्रामा रुद्रायणी स्कुलअघि राँगाको बली दिएर जात्रा प्रारम्भ गर्ने गरिन्छ।
यस पर्वमा हिन्दू धर्मका विभिन्न १४ देवीदेवताको पूजाआजाका साथै परम्परागत नाच तथा संगीत प्रदर्शन गरिन्छ।
दसैंको अवधिभर मनाइने यो जात्रामा आफन्त तथा साथीभाइलाई बोलाएर भोज खुवाउने, नाचगान तथा जात्रा देखाउने चलन छ।
गत वर्ष कोरोना भाइरसको महामारी फैलिँदा पनि यो जात्रा रोकिएको थिएन। सुरक्षाका मापदण्ड पालना गरी जात्रा सम्पन्न गरिएको थियो।
स्थानीयले हरेक वर्ष दसैंको साटो सिकाली जात्रा मनाउँदै आएका छन्।
तस्बिरहरू :