नेपाली सेनाले काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ कार्यक्रम गरेको छ।
उक्त कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी भएकी छन्।
उक्त कार्यक्रममा विभिन्न खालका प्रस्तुति भएका छन्। कोरोना भाइरसको महामारीका कारण अघिल्लो वर्ष यो कार्यक्रम रोकिएको थियो। सेनाले सानो कार्यक्रम गरी बढाइँ सकाएको थियो।
बढाइँ कार्यक्रममा नेपाली सेनाले राइफल र तोपको साथै मार्चपास गरेको छ।
सेनाको बढाइँ टोलीबाट इज्जत अर्पण कवाज, कवाजमा भाग लिएका विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ र षट्कोण चिन्हबाट बढाइँ प्रस्तुत गरिएको बताइएको छ। सेनाले हेलिकप्टरबाट पुष्पवृष्टि समेत गरेको छ।
उक्त कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा, सभामुख अग्नी सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना लगायतको उपस्थिति थियो।
हेर्नुस् तस्बिरहरू: