दसैं घरघरमै आइसक्यो। टाढा-टाढा जिल्लामा जागिर भएकाहरू गाउँ ठाउँ फर्किसकेका छन्। कोही फर्किने क्रममा छन्।
यसैक्रममा दसैं मनाउन लाखौं सर्वसाधारण घर गएसँगै काठमाडौं उपत्यकामा जनसंख्या पातलिँदै गएको छ। सामान्य अवस्थामा भन्दा अहिले काठमाडौं सुनसान बनेको छ।
सधैंजसो जामले भरिने सडक बुधबार खाली देखिएका छन्। सडकमा हिँडडुल गर्ने र सवारीसाधन फाट्टफुट्टमात्रै देखिएका छन्। किनमेलका पसलहरू पनि प्राय: जसो बन्द छन्।
दसैंमा हुन सक्ने दुर्घटनालाई न्यूनीकरण गर्न ट्राफिक प्रहरीले ठाउँ-ठाउँमा चेकिङ पनि गरिरहेको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मंगलबार मध्यरातिसम्म झण्डै आठ लाखले उपत्यका छाडेका छन्। सात लाख ९२ हजार बढीले काठमाडौं उपत्यका छाडेका हुन्।
दसैं मनाउन विभिन्न नाका ११ लाख ५ हजार बढी सवारीसाधन काठमाडौंबाट बाहिरिएका छन्।
तस्वीरहरू: