दसैं टीका-जमरासँगै पिङको पनि चाड हो।
विशेषगरी दसैंमा टोलटोलमा लिंगे पिङ हालेर खेल्ने चलन छ।
सहरी क्षेत्रका टोलमा यो चलन कम हुँदै गए पनि केही गाउँहरूमा अझै पनि दसैंमा पिङ हालेर चचहुई गर्न रमाउनेहरूको कमी छैन।
बिहीबार गोरखा बारपाकको सुलिकोट गाउँपालिकामा यस्तै दृश्य देखियो। सुलिकोटका वडा ६ र ८ का गाउँहरू ताकु र जराङमा परम्परागत रोटे पिङ र लिंगे पिङ बनाइएको थियो।
साना केटाकेटीदेखि युवा र पाका उमेरकाहरूसम्म पिङमा मच्चिँदै मजा लिइरहेका थिए।
हेर्नुस् ती गाउँमा हालिएका पिङ र पिङमा रमाइरहेका स्थानीयका केही तस्बिरहरूः