यसपालिको दसैं लगभग अन्तिम चरणमा छ। दसैं मनाउन कर्मथलो काठमाडौं सहर छाडेर आफ्नो जन्मथलो गएका मानिसहरू फर्किन थालेका छन्।
दसैं मनाउन र आ-आफ्ना मान्यजनको हातबाट टीका थाप्न गएका सर्वसाधारण मानिसहरू फर्किँदै गरेको लर्को बसपार्कहरूमा देखिन थालेको छ।
आइतबार साँझ कोटेश्वर, जडिबुटी क्षेत्रमा पुग्दा सवारी जाम ह्वात्तै बढेको देखियो। फर्किने मानिसहरूको चाप पनि उत्तिकै थियो। दसैं मनाउन गएका सर्वसाधारणको निधारमा टीका, जमरा देखिन्थ्यो।
पूर्णिमासम्म टीका लगाउने चलन भएकाले यतै छुटेका आफन्तहरूको हातबाट टीका थाप्न केही हतार गरी आएका थिए। केहीले भने जागिर र व्यवसायलाई निरन्तरता दिन छिटो गरी फर्किएको बताए।
सबै तस्बिरहरूः नवीनबाबु गुरुङ/सेतोपाटी