काठमाडौंको खुला सार्वजनिक स्थल अभावलाई भृकुटीमण्डप फनपार्कले थोरै भए पनि राहत दिन्छ। शनिबार लगायत अन्य सार्वजनिक विदाको दिन यहाँ सर्वसाधारणको घुइँचो लागेको हुन्छ। खासगरी साना केटाकेटीलाई विभिन्न मनोरञ्जनात्मक खेल खेलाउन फनपार्क ल्याउने चलन बढ्दै गएको छ।
अहिले दसैंको टीका सकिएपछि केटाकेटीको छुट्टी सदुपयोग गर्दै घुमाउन ल्याउनेहरूको यहाँ भीड छ। कोही बालबच्चा लिएर स-परिवार आएका देखिन्छन् भने कोही आफ्ना आफन्त र साथीभाइसँग आएका हुन्छन्। कोही त निधारमा टीका र जमरासहित आएका देखिन्छन्।
हेरौं फनपार्कमा रमाइलो गर्न आएकाहरूका केही रोमाञ्चक मुडहरूः