ललितपुरको खोकनामा अहिले धमाधम धान भित्र्याउनेको चटारो छ।
दसैं सकिएपछि कृषकहरू अहिले खेतमा भेटिन्छन्। अन्य वर्षजस्तै यस पटक पनि किसानलाई धान भित्र्याउने चटारो छ।
बेमौसमी वर्षाले सुदूर र पूर्वतिर धान बालीमा क्षति पुर्याए पनि यहाँ भने असर गरेको छैन।
यहाँका किसान बिहानदेखि बेलुकीसम्मै खेतमा धान काट्न र भित्र्याउन व्यस्त छन्।
यहाँका किसानले विभिन्न हाइब्रिड, झरुवा टाइचिन, खुमल ४, खुमल ११ लगायतका धान लगाउँदै आएका छन्।
कात्तिक पहिलो साता भएको अविरल मौसमले धानबालीमा ठूलो क्षति पुर्याएको थियो। तराई तथा पहाडी भेगका अधिकांश धानबाली नष्ट भएको छ। विशेषगरी पाल्पा, गुल्मी, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, प्युठान र रोल्पा बढी प्रभावित भएका छन्।
तस्बिरहरू: